Radio Pariwartan

Radio Pariwartan
LIVE OFFLINE
Country: Nepal
Genres: newstalk
Loading...
track image Now Playing :

१ परिचय समाज परिवर्तनको बाटोमा उत्साहप्रद आशा, दृढ विश्वास र निरन्तर अभियानको संकल्प सहित खुलेको हो—रेडियो परिवर्तन । सामुदायिक भावना, एकताबद्ध प्रयास र सकारात्मक सोच प्रबर्धन गर्न प्रतिवद्ध रेडियो हो—रेडियो परिवर्तन । अनि, हाम्रै गाउँघर, समाज र देश परिवर्तनको सहयात्री हो—रेडियो परिवर्तन । युवा पुस्ताको सहभागीता, सक्रियता र समन्वय यो रेडियोको उत्साहलाग्दो पाटो हो । यो रेडियोका सामग्रीहरु सबै वर्ग, जाती, लिङ्ग, भाषा तथा संस्कार र संस्कृति बोकेकाहरुलाई उत्तिकै सम्मान र उस्तै महत्व दिने खालका छन् । हामीलाई थाहा छ, समुदायको सशक्तिकरण, विकास र उन्नतीको लागि खुलेको यो रेडियोको प्रबर्धनको लागि यसमा अहिले क्रियाशील समुहको मात्र सक्रियकता पर्याप्त छैन । समुदायकै साझा सम्पत्तिको रुपमा रहेको यो रेडियोको तरङ्गलाई पुर्वाञ्चलको आकाशमा चीरकाल सम्म गुञ्जाईरहन तपाईँहामी सबैको साथ, सहयोग र समर्थन चाहिन्छ । रेडियो परिवर्तनमा तपाईँको व्यापार, व्यवसाय वा कारोबारको जानकारी प्रसारण गर्नु भनेको विज्ञापन मात्र होईन, तपाईँहाम्रो साझा प्रयास हो—सामुदायिक सञ्चार उत्थानका लागि । यसले एकातिर रेडियो परिवर्तनलाई दीर्घकालसम्म निरन्तरता पाउन सहयोग पुग्छ भने अर्कोतिर तपाईँकै व्यापार, व्यवसाय र कारोबारलाई बढावा दिन पनि सहयोग पुग्छ । यस किसिमको सहयोग आदानप्रदानका लागि हामीले गरेका व्यवस्था यसै जानकारीको साथमा संलग्न छ ।

Leave a Review

Leave a Reply

Your email address will not be published. Required fields are marked *